
आजवाट सर्वोच्चसहित सवै तहका अदालत पुर्ण रुपमा सञ्चालनमा
- फाल्गुन १, २०७८ मा प्रकाशित
काठमाडौं: सर्वोच्च अदालतले आजवाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।
गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।
गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनवाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आइतवारवाट पुर्ण रुपमा सञ्चालन हुन लागेको प्रवक्ता बाबुराम दाहालले बताएका छन ।
गत माघ पहिलो साता विश्वव्यापी रुपमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको भन्दै सरकारको निर्णयलाई आत्मसात गर्दै सर्वोच्च अदालतले गत ५ माघवाट सेवा संकुचन गराउँदै आएको थियो । तर, गत ५ माघ देखी २९ माघसम्मको अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभुत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ भने स्थगित गरेको थिएन ।
सर्वोच्चका अनुसार झन्डै एक महिनाको सेवा संकुचनको यस अबधीमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्धा माथी कारवाही र सुनवाईलाई भने स्थगित गरिएको थिएन ।
कोभिड महामारी नियन्त्रणतर्फ गईरहेको जनाउँदै आइतवारवाट भने सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतहरु पुर्ण रुपमा सञ्चालन हुनेछन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments