
आजदेखि रवि लामिछानेसहित प्रतिवादीहरूको तर्फबाट बहस
- पुष १९, २०८१ मा प्रकाशित

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत आज (शुक्रबार) देखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ । आज सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहस भए उनीहरूले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सात प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन् ।
यसअघि दुई दिन सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको थियो भने बिहीबार जाहेरवालाका तर्फबाट बहस भएको थियो । १२१ जना जाहेरवालाको तर्फबाट ६ कानुन व्यवसायीले बहस गरेका थिए । इजलास अधिकृत गुरुप्रसाद आचार्यका अनुसार जाहेरवाला तर्फबाट बहस गर्नका लागि दुई दर्जन कानुन व्यवसायीले वकालतनामा भरेकोमा उनीहरूमध्ये बिहीबार ६ जनाले बहस गर्दा कार्यालय समय सकिएको थियो ।
उनीहरू ६ जनाले बहस गरेपछि जाहेरीवालाहरूले आफ्नो बहस सकिएको बताएका थिए । तर, जाहेरवालाको तर्फबाट वकालतनामा गरेका एक–दुई जना वकिलले हामीले पनि बहस गर्न पाउनु पर्छ भनेकोमा शुक्रवार इजलासमा न्यायाधीश नीतिज राईले जाहेरीवालाका कानुन व्यवसायीहरूलाई केही राख्न भए समय दिन सक्ने र त्यसपछि प्रतिवादीहरूको तर्फबाट क्रमशः उनीहरूका कानुनी व्यवसायीले बहस शुरु गर्ने आचार्यले जानकारी दिए ।
जाहेरवालाहरूको तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीसँगै अधिवक्ताहरू युवराज पराजुली, रामचन्द्र गौतम, बिबि विष्ट र हरि कँडेलले बहस गरेका थिए । बहसका क्रममा उनीहरूले मिसिलमा संलग्न कागजातका आधारमा सातैजना कसुरदार देखिएकाले कानुनबमोजिम पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।
जाहेरवाला र प्रतिवादी बहस सकिएपछि सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस गर्नेछन् । त्यसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा धरौटी तारेखमा छाड्ने भन्ने फैसला–आदेश न्यायाधीशले सुनाउने छन् । यसअघि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनाका विरुद्ध ७ पुसमा अदालतमा अभियोग पत्र दर्ता गरेपछि ८ पुसबाट सुरु भएको बयान मङ्गलवार सकिएसँगै मङ्गलवारबाटै थुनछेक बहस जारी छ ।
अभियोग पत्र दर्ता भएका ४४ जनामध्ये हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं शेयर धनी पूर्वडिआइजी छविलाल जोशी, जीवी राईको साझेदार एवं सहयोगी लीला पछाई, नेचर हब्र्र्स इन्टरनेसनल प्रालिका सञ्चालक एवं शेयर धनी रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ, सहकारीकी कोषाध्यक्ष आरती गुरुङ र सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
सात जनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, पछाईलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन ०५८ को अभियोग लगाइएको छ भने अन्य तीन जनालाई सहकारीको रकम ठगीको अभियोग लगाइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा विभिन्न संस्थासमेत ४४ प्रतिवादी छन् । जसमध्ये ३१ प्रतिवादी सहकारी ठगीमा छन् । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ । प्रतिवादीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, रविसहित ४ जनालाई सम्पत्ति शुद्धीकरण पनि र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ । सम्पत्ति जफतका लागि रविकी पत्नी निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments