
आगलागीबाट ८४ लाखको क्षति
- फाल्गुन १, २०७८ मा प्रकाशित
उदयपुर: त्रियुगा नगरपालिका–१२ त्रियुगा बसपार्कनजिक विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा एक घर तथा तीन वटा पसल जलेर नष्ट भएको छ । त्रियुगा नगरपालिका-१२ त्रियुगा बसपार्कस्थित बाबुराजा प्रजापतिको घर र त्यसमा रहेका तीन वटा पसल जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रजापतिको घरमा पसल गर्ने मदन साहको किराना पसल, जनक मगरको स्टिकर पसल र सरोज रेग्मीको मोटर पार्टस पसल जलेर नष्ट भएकाे हाे ।
आगलागीबाट साहको ४० लाख, मगरको ११ लाख, रेग्मीको २५ लाख र प्रजापतिको आठ लाख गरी ८४ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।आइतबार बिहान १ः३० बजेको समयमा आगलागी भएको खबरलगत्तै खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहगोगमा करिब तीन घण्टापछि आगो नियन्त्रण नियन्त्रणमा लिएको थियो । आगो नियन्त्रणमा त्रियुगा, चौदण्डिगढी नगरपालपका र रौतामाई गाउँपालिकाको दमकल प्रयोग भएको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments