
आगलागीबाट विस्थापित परिवारको विचल्ली
- फाल्गुन ८, २०७८ मा प्रकाशित
खोटाङ: आगलागीमा घर जलेर नष्ट भएपछि खोटाङ जन्तेढुंगा गाउँपालिका-५ चिसापानी (पाथीभरा)का डम्बरबहादुर राईको परिवारको बिचल्ली भएको छ । भान्साकाेठाकाे रुपमा प्रयोग हुँदै आएको कटेरोबाट सुरू भएको आगोले घर र घरमा भएका सबै सामान जल्दा आठ जनाकाे परिवार बिचल्लीमा परेकाे हाे ।
शुक्रबार पास्नीको दिन अगेनामा खाना पकाउने क्रममा कटेरोको टाँडमा राखिएको परालमा आगो सल्किएर आगलागी सुरू भएको चिसापानीका कार्यवाहक वडाध्यक्ष धनकुमार राईले बताए ।
आगलागीमा सर्वस्व गुमाएका राई परिवार हाल रेडक्रसले उपलव्ध गराएको त्रिपाल टाँगेर बसिरहेका छन् । चिसोका कारण परिवारका वृद्धवृद्धा र बालबच्चा समस्यामा परेका छन् । आगलागीबाट विस्थापितलाई वडा कार्यालयकातर्फबाट खाद्यान्नलगायत बन्दोवस्तीका सामान उपलव्ध गराइएको कार्यवाहक वडाध्यक्ष राईले बताए । विस्थापितको घर निर्माणका लागि छिमेकीले आर्थिक र भौतिक सहयोग जुटाउने अभियान सुरु गरिएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments