
आईपीएल : मुम्बईमाथि चेन्नईको जित
- बैशाख ९, २०७९ मा प्रकाशित
काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।
बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार बेहोरेकाे छ ।
मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २८ रन बनाए ।
आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४ विकेट लिए ।
यसअघि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएकाे थियाे । उसका तिलक वर्माले सर्वाधिक ५१ रन बनाए । सूर्यकुमार यादवले ३२ रन जोडे । चेन्नेईमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए ।
सातौँ खेलसम्म जित निकाल्न नसकेको मुम्बई तालिकाको पुछारमा छ । दोस्रो जित निकालेको चेन्नई नवौं स्थानमा छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments