
आईपीएलमा चेन्नई गुजरातसँग पराजित
- बैशाख ५, २०७९ मा प्रकाशित
काठमाडौं: चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२२ टी-२० क्रिकेटमा पाँचौ जित निकालेको छ ।
आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्याे ।
गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए । अम्बाती रायडुले ४६ रनको योगदान गरे ।
जितसँगै गुजरात ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँचौ हार बेहोरेको चेन्नई २ अंक जोडेर नवौं स्थानमा छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments