
आइसिसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए
- श्रावण १६, २०८० मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ ।
मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगष्ट २८ देखि सेप्टेम्बर ६ तारिखसम्म हुनेछ ।
एशिया छनोटमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजक मलेसियासँगै भुटान, बहराइन, कतार र संयुक्त अरब इमिरेट्स युएई) छन् । यसैगरी समूह ‘बी’ मा कुवेत, चीन, हङकङ, म्यान्मार र थाइल्याण्ड छन् । आ–आफनो समूहमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले सेमिफाइनल खेल्ने छन् ।
फाइनल पुग्ने दुई राष्ट्रले भने बङ्गलादेशमा सन् २०२४ मा आयोजना हुने महिला विश्वकप प्रतियोगितामा स्थान पक्का गर्नेछन् । डनेपाली टोलीका लागि छनोट हुनेमा नेपाली टोलीकी कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का छन् । त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डङ्गोल, मनिषा चौधरी, ज्योति पाण्डे र रुवि पोडार पनि छनोटमा परेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments