
अहिलेको महंगी हाम्रो नियन्त्रणमा छैन : मन्त्री झाँक्री
- फाल्गुन २७, २०७८ मा प्रकाशित
काठमाडौं: सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महंगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महंगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् ।
‘आजको महंगी हाम्रो नियन्त्रणमा छैन । आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दीचैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन । खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमुल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महंगी बढेको हो,’ उनले भने ।
निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोध नगरिएको जानकारी दिएकी उनले बेलैमा आयोजना निर्माण सम्पन्न होस् भन्नका लागि अब एक निर्माण व्यवसायीलाई एकपटकमा पाँचवटा आयोजनामात्र दिने गरी कानुन संशोधनन गरिएको बताइन् ।
नियन्त्रण बाहिरका माग राखेर ‘निर्माण व्यवसायी होली डे’ नमनाउन आग्रह गरेकी उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउन आग्रह गरिन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments