
अस्पताल भवनको ठेक्का सेटिङमा भएको आशंकापछि प्राधिकरण प्रमुखको राजीनामा
- चैत्र १५, २०७८ मा प्रकाशित
बुटवल: लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डरमा आर्थिक अनियमितताको शंका उब्जिएपछि प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराम घिमिरेले राजीनामा दिएका छन् ।
राजीनामा पत्रमा उनले देशप्रति गद्दार गर्नुभन्दा मान्छे भएर बस्ने उल्लेख गरेका छन् । सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि टेण्डर आह्वान भएको थियो । राजीनामा दिनुअघि उनले टेण्डर प्रक्रिया रद्द गरेका छन् । करिव ६ अर्व रुपैयाँ लागतको यो भवनका लागि खरीद ऐन विपरित टेण्डर आह्वान भएको खुलेपछि आर्थिक अनियमितताको आशंका उव्जिएको हो ।

प्राधिकरणका प्रमुख घिमिरेले राजीनामा दिएपछि टेण्डरमा अनियमितता भएको आशंकामा थप बल पुगेको छ । घिमिरेलाई मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष योजनाका साथ प्राधिकरण प्रमुखमा नियुक्त गरेका थिए ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणका लागि टेण्डर आह्वान गर्दा सेटिङ मिलाएर गरेको निर्माण व्यवसायीहरुले आरोप लगाएका थिए । यसका लागि प्राधिकरणले दुईवटा निर्माण व्यवसायी कम्पनी बाहेक अरुले प्रतिष्पर्धा गर्नै नपाउने गरी स्पेसिफिकेशन गरिएको थियो । निर्माण व्यवसायी महासंघले प्राधिकरणले सटिङ गरेर टेण्डर आह्वान गरेको र यसमा ठूलो आर्थिक चलखेल हुन सक्ने आशंका गरेको थियो । यसका विरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा परेको थियो भने अख्तियारमा पनि छानविनका लागि उजुरीहरु परेका थिए ।
टेण्डर रद्द गरिएको र राजीनामा दिएकोबारे प्राधिकरण प्रमुख घिमिरे सम्पर्कमा आउन चाहेनन् । प्राधिकरणका प्राविधिक इन्जिनियर गिरिराज पौडेलले करिव पाँच अर्व रुपैयाँ लागतको टेण्डर आह्वान गरेको भएपनि सीमित निर्माण कम्पनी छनोट हुँदा राज्यलाई आर्थिक भार बढी पर्ने भएकोले टेण्डर रद्द गरिएको बताए । सार्वजनिक खरीद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम टेण्डर रद्द गरिएको पौडेलले जानकारी दिए । “अव सबै प्रक्रिया पु¥याएर विवादमा नआउने गरी टेण्डर आह्वान गरिने छ”–उनले भने ।
राजीनामा पत्रमा घिमिरेले ७०० करोडको ठेक्कामा प्रतिष्पर्धा हुँदा र नहुँदा राज्यलाई करिव १५० करोडको क्षति हुनसक्ने अनुमानसहित अस्पतालको टेण्डर रद्द गरेको बताएका छन् । प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार रमेश शर्माको शर्मा र रसुवा जेभीले बाहेक अन्यले प्रतिष्पर्धामा भाग लिन पाउँदैनथे । प्राधिकरणले गत फागुन २ गते अस्पतालको भवन निर्माणका लागि टेण्डर आह्वान गरेको थियो ।
ठेक्कामा एउटा मात्रै कम्पनी छनोट हुने अवस्था रहेको संकेत गर्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले नमूना बोलपत्रको प्रावधान विपरित ठेक्का नलगाउन प्राधिकरणलाई ध्यानाकर्षणपत्र नै पठाएको थियो ।
प्राधिकरणले विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा दुई हजार वर्गमिटरभन्दा बढीको दुई तले बेसमेन्ट बनाएको अनुभव मागेको थियो । यदि नेपाली कम्पनी एक्लै प्रतिष्पर्धा गर्ने भए ६ हजार वर्गमिटरमा दुई तले बेसमेन्ट निर्माण गरेको अनुभव मागेको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments