
अस्पतालका कर्मचारीले नवजात शिशुको टाउको काटेर महिलाको पेटभित्रै छाेडिदिएपछि…
- असार ७, २०७९ मा प्रकाशित
इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ । उक्त दुखद घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले मेडिकल जाँच बोर्ड गठन गरेको छ ।
‘थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् । तर, महिला रोग विशेषज्ञ उपलब्ध नभएकोले अनुभवहीन कर्मचारीले उनलाई ठूलो आघात पुर्यायो’, जामशोरोको लियाकत विश्वविद्यालय चिकित्सा तथा स्वास्थ्य विज्ञान (एलयूएमएचएस)का स्त्री रोग एकाईका प्राध्यापक राहिल सिकन्दरले भने ।
अप्ठ्यारो शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको काटेर भित्रै छोडिदिएको उनले बताए ।ती महिलाले ज्यान जोखिममा परेपछि उनलाई परिवारले नजिकैको मिठी अस्पतालमा लगेका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि अन्ततः उनलाई एलयूएमएचएस लगिएको थियो, जहाँ नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकालेर उनको जीवन बचाइएको थियो । सिकन्दरले बच्चाको टाउको भित्रै फसेको, आमाको पाठेघर च्यातिएको र ज्यान जोगाउन उनको पेट खोलेर शल्यक्रिया गरेर टाउको निकाल्नु परेको बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments