
अस्ट्रेलिया जान झापाबाट बिदा भएर आएका थिए दम्पती, कुकुरलाई बचाउन खोज्दा दुर्घटना
- पुष २०, २०८१ मा प्रकाशित

इटहरी । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर–२ स्थित सडकमा पुस १५ मा दम्पती सवार स्कुटर दुर्घटना भयो । बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटरका चालक निश्चल प्रकाशराज भण्डारीको पुस १९ मा उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भयो । निश्चलकी पत्नी २८ वर्षीय पूजा श्रेष्ठ स्कुटर पछाडि सवार थिइन् । दुर्घटनामा उनी घाइते भइन्, अहिले नर्भिकमा उपचार हुँदै छ ।
निश्चल प्रकाशराज भण्डारी र पूजा झापाको भद्रपुर नगरपालिकाको पूर्व उप प्रमुख चन्द्रा श्रेष्ठका छोरा बुहारी हुन् । निश्चल र पूजा दुवैजना अस्ट्रेलिया जाँदै थिए । अस्ट्रेलिया जान उनीहरू घरबाट बिदा भएर काठमाडौँ आएको थाहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले बताए ।
तर, प्रकाशको अस्ट्रेलिया सपना कहिल्यै पुरा नहुनेगरी अस्ताएको छ । थिमिबाट मगरगाउँतर्फ जान लाग्दा कुकुरले बाटो काट्न खोज्छ । कुकुरलाई जोगाउन खोज्दा स्कुटर अनियन्त्रित भएको पुजाले अनुसन्धान अधिकृतहरूलाई बताएकी छन् । उनको खुट्टामा चोट छ ।३१ वर्षीय प्रकाशको पोस्टमार्टमपछि परिवारलाई शव जिम्मा लगाइएको डीएसपी नेउपानेले बताए । दुर्घटनाग्रस्त स्कुटर प्रहरी वृत्त थिमीमा राखिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments