
असोजका लागि पनि घट्यो बैंकको ब्याजदर
- भाद्र ३१, २०८१ मा प्रकाशित

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य दशमलव १५ प्रतिशत विन्दुले ब्याजदर घटेको हो । भदौमा २० वटा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६ दशमलव ५४ प्रतिशत रहेकोमा असोजमा ६ दशमलव ३० प्रतिशतमा झरेको छ । २० वटा वाणिज्य बैंकमध्ये ९ ओटा वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका हुन् ।
आठ वटा बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएका छन् । नेपाल र कृषि विकास बैंकले भने असोज महिनाका लागि ब्याजदर बढाएका छन् । एनएमबी बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन् । प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टड, लक्ष्मी सनराइज, हिमालयन बैंक र सिद्धार्थ बैंकले ब्याजदर स्थिर राखेका छन् ।
कर्जाको वृद्धिदर समान्य रहेपछि धेरै बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर केही भए पनि घटाएका हुन् । चाडपर्व नजिकिँदै गर्दा कर्जा माग थप केही समय बढ्न नसक्ने बैंकहरूको अनुमान छ । बैंकहरूले साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन् । यो दर ३ प्रतिशत प्रतिशतसम्म छ । अहिले कर्जा लगानी नभएको कारण बैंकहरूले धेरै भएको रकम राष्ट्र बैंकमा २.९९ प्रतिशतमा राखिरहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments