
अवैध औषधि बिक्रीवितरण गर्ने दुईसहित ९ जना पक्राउ
- फाल्गुन १०, २०७८ मा प्रकाशित
इटहरीः मोरङको सुन्दरहरैचा नगरपालिका–१० विराट चौकमा सञ्चालित नेति फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका सञ्चालकलाई ठूलो परिणामको अवैध औषधिसहित प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई पक्राउ गरेसँगै उक्त औषधि खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जनासमेत पक्राउ परेका छन् । उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमतिबिना अवैध रुपमा महङ्गो मूल्यमा लागुऔषध प्रयोगकर्तालाई औषधि अनाधिकृत रुपमा बिक्रीवितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मेडिकल सञ्चालक सुन्दरहरैँचा नगरपालिका–१० का ४५ वर्षीय शुशील काफ्ले र निजकी श्रीमती ३२ वर्षीया गोमा कार्की तथा सेवनकर्ताहरु सुन्दरहरैँचा–१ का २३ वर्षीय सनम खवास, सुन्दरहरैँचा–१० का ३० वर्षीय अरुण राई, ३५ वर्षीय सनम तामाङ, सुन्दरहरैँचा–९ का २४ वर्षीय सुवास राई, २२ वर्षीय जुसन सुनाम, ३१ वर्षीय निमेश परियार र ३४ वर्षीय अनुप खड्का रहेको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले बताए ।
उक्त दुईवटा मेडिकलबाट प्रहरीले स्पास्पलान ४४ हजार तीन सय ७० चक्की, एन्टिकोफ १७ हजार ६ सय २० चक्की, नियुरिन ७५ नामक औषधि १८ हजार ९ सय २३ चक्की, प्रि जेड ७५ नामक औषधि एक हजार दुई सय चक्की, एपाबालिन ७५ नामक औषधि १४ हजार ६ सय चक्की बरामद गरेको उनले उल्लेख गरे । पक्राउ परेका व्यक्तिहरुउपर विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments