
अवैध औषधिसहित तीन जना पक्राउ
- फाल्गुन २६, २०७८ मा प्रकाशित
इटहरीः सुनसरीका दुई फरक फरक स्थानबाट प्रहरीले अवैध औषधिसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका– ८ सालवन्दी–२ का २१ वर्षीय अर्जुन कार्की , सालबन्दी–६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान १५ मिलन चोकका–१९ वर्षीय अमन गुरुङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्की र श्रेष्ठलाई बुधबार प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले सालबन्दी भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको प्र १–०२ ००३ ह ३६३७ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त अटोमा लुकाई ल्याउँदै गरेको ट्रामाडोल १७८० क्याप्सुल र स्पास्मोप्रोक्सिभोन १६ क्याप्सुल सहित पक्राउ गरेको हो भने अस्थार्यी प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरी टोलीले गुरुङलाई ३,४०० ट्याव्लेट ट्रामाडोल र ३,४०० ट्याव्लेट स्पास्पेनसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments