
अविरल वर्षाले कटारीको तिल्केचौरमा जमीन भासीयाे , १७ घर जोखिममा
- असार १५, २०७९ मा प्रकाशित
उदयपुर । निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका–१० तिल्केचौरमा बस्ती भन्दा २ सय मिटर माथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि १७ घर परिवार उच्च जोखिममा परेको छ ।
उदयपुरको कटारी नगरपालिका–१० तिल्केचौर बस्ती निरन्तरको वर्षातसँगै पहिरोको उच्च जोखिममा परेको हो । बस्ती माथिको जमिन धाँजा परेर भासिँदै गएपछि तिल्केचौर पहिरोको उच्च जोखिममा रहेको छ ।बस्ती भन्दा करिब २ सय मिटर माथि लामो धाँजा परेर जमिन भासिएको छ । जमिन भासिँदै जाँदा तिल्केचौरका १७ परिवार त्रासमा छन् ।
जमिन भासिँदा स्थानीयबासी डाकबहादुर थापा, दिलबहादुर थापा, बालकृष्ण थापा, मानकुमारी कार्की, मिनबहादुर थापा, भुपेन्द्र बगाले थापा, केशब बस्नेत, लालबहादुर थापा, यज्ञबहादुर थापा, दुर्गाबहादुर थापा, रमेश थापा, लिलबहादुर थापा र अशोक बिष्टको घर उच्च जोखिममा रहेको कटारी नगरपालिका– १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले जानकारी दिए ।
तिल्केचौरको १७ घर रहेको बस्ती जताततै भासिएको छ,’ वडाध्यक्ष खड्काले भने, ‘त्यसमध्ये पनि बालकृष्ण, डाकबहादुर, मिनबहादुर, यज्ञबहादुर र भूपेन्द्रको घर पूर्ण जोखिममा छ । बस्ती भन्दा माथिबाटै जमिन भासिएकोले पहिरोको जोखिम बढी रहेको उनले बताए । जमिन भासिँदा सिंगो बस्ती पहिरोको उच्च जोखिममा छ,’ वडा सदस्य समेत रहेका दिलबहादुर थापाले भने, वर्षातको समय भन्दा अगाडी नै पानी परि रहेका कारण पहिरो उच्च जोखिम बढेको हो । कुनै पनि समय पहिरो जान सक्ने अवस्था रहेको उनले बताए ।
अघिल्लो वर्ष कटारी नगरपालिकाको कार्यपालिका बैठकले नगरको वडा नम्बर १० मा १७ घर धुरी विस्थापित हुने अवस्थामा पुगेकाले भूगर्भविद् झिकाएर बस्न नसक्ने अवस्था आए नगरपालिकाले बसोबास योग्य उपयुक्त स्थानमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको थियो । तर त्यो निर्णय कार्यान्वयन हुन सकेको छैनन् । कोरोना कहरसँगै लगायतको कारण देखाएर नगरपालिकाले निर्णय कार्यान्वयन हुन नसकेको बताए ।
निरन्तर परेको वर्षातसँगै तिल्केचौरबासी अहिले त्रासमा छन् । नगरपालिकाले तत्काल भूगर्भविद झिकाएर अध्यायन गराउने भनिए पनि कोरोना कहरले गर्दा सम्भब नभएको बताए ।
तिल्केचौरबासीमा पहिरोको त्रास कायम रहेको वडाध्यक्ष खड्काको भनाई रहेको छ । भूर्गभविद ल्याउने निर्णयसँगै बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थानको खोजीमा लागेको लागी नगरपालिकाले अघिल्लो वर्ष निर्णय भएको थियो । तर कार्यान्वयन हुन सकेनन् । हामी निर्बाचित भएर आएकाछौं अघिल्लो निर्णय बमोजिम के गर्न सकिन्छ त्यसका लागि पहल हुने वडाध्यक्ष खड्काले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments