
अल्बर्ट आइन्स्टाइनद्वारा हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
- भाद्र ३०, २०८१ मा प्रकाशित

एजेन्सी । महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ ।
आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा फेला परेको थियो ।
यस पत्रमा अल्बर्ट आइन्स्टाइनले अमेरिकी राष्ट्रपतिलाई जर्मनीले आणविक हतियार विकास गरिरहेको चेतावनी दिएका थिए । पत्रमा आइन्स्टाइनले भनेका छन्, ‘आमविक भौतिकीमा हालैका कामहरू भएका छन्, त्यहाँ युरेनियमलाई नयाँ र महत्त्वपूर्ण ऊर्जा स्रोतमा परिणत गर्ने सम्भावना छ ।’ आइन्स्टाइनले चेतावनी दिएका थिए, ‘यो ऊर्जा धेरै शक्तिशाली विस्फोटक बनाउन प्रयोग गर्न सकिन्छ ।’ सोही पत्रमा आइन्स्टाइनले अमेरिकी सरकारलाई न्यूक्लियर फ्युजनको बारेमा अनुसन्धान गरेर परमाणु बम बनाउन पनि सुझाव दिएका थिए ।
आइन्स्टाइनको पत्र लिलामी गर्ने कम्पनी क्रिस्टिजसँग सम्बन्धित वरिष्ठ विज्ञ पीटर क्लार्नेटले यो पत्रलाई ‘विश्वको इतिहासको सबैभन्दा प्रभावशाली पत्रमध्ये एकु भनेका छन् । आइन्स्टाइनले यो पत्र सन् १९३९ को गर्मीमा लेखेका थिए । २००२ मा, माइक्रोसफ्ट सह(संस्थापक पॉल एलेनले २.१ मिलियन डलरमा एक संग्रह किनेका थिए, आइन्स्टाइनको यो पत्र पनि त्यही सङ्ग्रहको अंश थियो । पहिले यो पेपर प्रकाशक माल्कम फोर्ब्ससँग थियो, जुन माल्कम फोर्ब्सले हंगेरीका भौतिकशास्त्री लियो जिलार्डबाट किनेका थिए ।
मिडिया रिपोर्टका अनुसार जिलार्डले यो पत्र लेखेका थिए, जसमा अल्बर्ट आइन्स्टाइनले हस्ताक्षर गरेका थिए । तर, जब जर्मनीले आत्मसमर्पण ग¥यो, आइन्स्टाइनले आणविक हतियारको प्रयोग ठीक नभएको महसुस गरे । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको नागासाकी र हिरोशिमामा आणविक हतियार प्रयोग गरेको थियो जसमा दुई लाखभन्दा बढी मानिस मारिएका थिए । आइन्स्टाइनले यसप्रति गहिरो दुःख व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments