
अलैँची जोन सञ्चालक समिति भोजपुरको अध्यक्षमा राई
- माघ ७, २०७९ मा प्रकाशित
संखुवासभा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभा जोन ९प्राविधिक ० इकाई भोजपुर अलैँची जोन सञ्चालक समितिको संयोजकमा गुणा राज राई सर्वसम्मत चयन भएका छन् । शुक्रवार बसेको जोन समन्वय समितिको बैठकले ९ सदस्यीय समिति गठन गरेको छ ।
राई संयोजकत्वमा ९ सदस्यीय अलैँची जोन सञ्चालक समिति गठन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए ।
अलैँची जोन सञ्चालक समितिको कार्यकाल २ वर्ष रहने प्रावधान छ । अलैँची जोन कार्यक्रम संखुवासभा र भोजपुर जिल्लाको २२ सय ७६ हेक्टरमा सञ्चालनमा छ । जोन सञ्चालक समिति गठन जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कलम थुलुङ राईको उपस्थितिमा भएको थियो । सोही कार्यक्रममा अघिल्लो जोन संचालन समितिलाई बिदाइ समेत गरिएको थियो ।
भोजपुरको षडानन्द, भोजपुर नगरपालिका,अरुण गाउँपालिका,टेम्केमँयुम, रामप्रसाद राई र आमचोक गाउँपालिकाका भित्रका ३० वडाहरूमा अलैँची जोन कार्यक्रम सञ्चालनमा छ । जोन क्षेत्रमा भएका विद्यमान प्रविधि र पूर्वाधारहरूको अभिलेख तयार सहयोग गर्ने र जोन संचालन अवधिको कार्य योजनामा समितिले सहजीकरण गर्नेछ । पछिल्लो समय अलैँचीको बजार व्यवस्थापन र मूल्य निर्धारण नहुँदा अलैँची कृषक मारमा परेको भन्दै मूल्य निर्धारणका लागि सरोकारवाला निकायले ध्यान दिनु जरुरी भएको प्रमुख गुरुङको भनाइ छ ।
अलैँचीको भाउमा आएको भारी गिरावट र अलैँचीमा लाग्ने रोग गर्दा किसान झन् मारमा पर्ने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाईले अलैँची , सुन्तला,धान,मकै, गहुँ, आलु तरकारी, माछा लगायतका कृषि क्षेत्रमा विगत ७ वर्ष देखि काम गर्दै आएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments