
अलमुताइरीले नेपाली फुटबललाई बिगारे : किरण चेम्जोङ
- भाद्र ९, २०७९ मा प्रकाशित
काठमाण्डाै । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाउनुभएको छ ।
बङ्गलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि आज बुधवार अभ्यासका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले देशका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षकको कुरा सुन्दा सिङ्गो फुटबल टोलीमा फाटो आएको टिप्पणी गर्नुभयो ।
१४ वर्षसम्म निरुन्तर रूपमा राष्ट्रिय फुटबल टिमबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताइरी र खेलाडीबीच विवाद भएको थियो । विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गरेका थिए । त्यसयताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका केही खेलाडी वञ्चित भएका थिए ।
गोलकिपर चेम्जोङले विनाकारण टिमबाट निकालिएकाे भन्दै सञ्चारमाध्यमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो गर्नुभयो । चेम्जोङले अलमुताइरीले आफूलाई टोलीभन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको बताउनुभयो ।
तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोलीले आउँदाे असोजमा बङ्गलादेशसँ मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ । त्यही मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ पनि टोलीमा समावेश छन् । लगातार १४ वर्ष राष्ट्रिय टोलीबाट खेलिरहेको अवस्थामा पछिल्लो समय टोलीभन्दा बाहिर रहँदा आराम भएको चेम्जोङले बताए । टोलीमा फर्किएपछि उनले कुनै पनि खेलाडीले फुटबल व्यक्तिका लागिभन्दा राष्ट्रिय झण्डाका लागि खेल्ने बताए ।
आउँदाे असोज ११ गते त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आयोजना हुन लागेको बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीलाई सुखद नतिजा दिलाउने प्रमुख प्रशिक्षक प्रदीप हुमागाईँले प्रतिबद्धता जनाएका छन् । त्यसकै तयारीका लागि अहिले नेपाल टोली प्रशिक्षणमा रहेको छ । एक हप्ताकाे अभ्यासमा अहिले टोली सामान्य लयका लागि प्रयास गरिरहेको छ ।
प्रमुख प्रशिक्षक हुमागाईँले छिट्टै टोलीलाई घटाउने भने पनि एक हप्ता बितिसक्दा टोलीको सङ्ख्या घटेको छैन । फुटबल गतिविधि नभएको अवस्थामा हुन लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि पहिलो हप्ता अभ्यास राम्रो भएको सहायक प्रशिक्षक युगलकिशोर राईले बताए । राईले फुटबल बनोटअनुसार सुरुवाती चरणमा गरिने अभ्यास बितेको एक हप्तामा गरेको बताए । राष्ट्रिय टोलीमा दिएको जिम्मेवारी आफ्ना लागि मौका भएको भन्दै सहायक प्रशिक्षक राईले प्रमुख प्रशिक्षक हुमागाईसँग काम गर्न सहज भएको प्रतिक्रिया दिए ।
पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भएअनुसार हुमागाईँले अलमुताइरीले निकालेका खेलाडीलाई समावेश गर्दै टोलीमा फर्काएका हुन् । अभ्यासमा सहभागी १० खेलाडीमध्येका सुजल श्रेष्ठले अभ्यासमा फर्किन पाउँदा उत्साहित भएको बताए । फेरि पनि मैदान फर्किएर सँगै एउटै टिममा अभ्यास गर्न पाउँदा निकै खुसी लागेको र नयाँ सुरुवातका साथ अगाडि बढेको उनकाे प्रतिक्रिया छ ।
प्रशिक्षक हुमागाईँले केही नयाँ खेलाडीलाई समावेश गर्दै ४० खेलाडीलाई मौका दिएका छन् । फुटबल प्रतियोगिता नभएको अवस्थामा आयोजना हुन लागेको मैत्रीपूर्ण फुटबलका लागि केही नयाँ अनुहार पनि समावेश भएका छन् । केही अनुभवी खेलाडी र केही नयाँ खेलाडीलाई समावेश गर्दै प्रशिक्षक हुमागाईँ नेपाललाई सुखद नतिजा दिलाउने लक्ष्यमा रहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments