
अर्जेन्टिनाको जितकाे कामना गर्दै दमकमा होम, हेटाैडामा पूजा
- पुष ३, २०७९ मा प्रकाशित
इटहरी । कतारमा जारी विश्वकप फुटबलको फाइनल भिडन्त नेपाली समयअनुसार आइतवार राति पौने नौ बजे सुरु हुँदैछ। उपाधि भिडन्त ३६ वर्षपछि उपाधि जित्न तम्तयार अर्जेन्टिना र उपाधि रक्षा गर्ने दाउमा रहेको फ्रान्सबीच हुँदैछ।
यस्तोमा नेपालमा फ्रान्सका भन्दा धेरै फ्यानहरु अर्जेन्टिनाको पक्षमा देखिएका छन्। यीमध्ये केही फ्यानहरुले अनौठा कृयाकलाप गर्न थालेका छन्। अर्जेन्टिनालाई उपाधि जिताउने शक्तिका लागि केही फ्यानले होमदेखि पूजापाठ पनि गरिरहेका छन्। उनीहरुका यस्ता गतिविधि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
अर्जेन्टिनाको समर्थनमा झापाको दमककी एक युवतीले बिहानैदेखि पूजापाठ गरिरहेकी छन्।उनले पूजापाठसँगै अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउन प्रार्थनामा बसेकी छन्। उता अर्जेन्टिनाको जितको कामनासहित कप्तान लिओनल मेस्सीको नाममा मकवानपुरको हेटौँडाका एक युवकले ग्रह शान्ति पूजा नै गरेका छन्।
हेटौँडा उपमहानगरपालिका-११ नवलपुर निवासी सागर घिमिरेले शनिबार घरको छतमा अर्जेन्टिनाको जितका लागि पूजा र प्रार्थना गरेका हुन्। पूजाका क्रममा घिमिरेले ग्रहका कारण हुन सक्ने बाधा फुकाउने उद्धेश्यले पूजा गरेका हुन्। उनले मेस्सीको विश्वकप जित्ने चहाना पूरा गराउनका लागि ग्रहहरूको बाधा-अड्चन फुकाउन ग्रह शान्ति पूजा गरेको बताएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments