
अर्जेन्टिनाका कप्तान मेस्सीलाई ‘वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड
- पुष ५, २०७९ मा प्रकाशित
एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी ‘स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो ।
३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई यस वर्षको फिफा विश्व कप फुटबलको उपाधि दिलाएका थिए । फाइनलमा फ्रान्स पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भयो । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो । योसहित अर्जेन्टिना तेस्रो पटक विश्व कप उपाधि जित्न सफल भयो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेस्सीले विश्व कपमा गोल्डेन बल समेत प्राप्त गरेका थिए । पाँचौँ पटक विश्व कप खेलेका मेस्सीले यो विश्व कपमा समग्रमा ७ गोल गरेका थिए । विश्व कपमा अर्जेन्टिनासँग पराजित फ्रान्सका किलियन एम्बापेले प्रतियोगितामा आठ गोल गरी गोल्डेन बुट जितेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments