
अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि रुसी प्रतिबन्ध
- बैशाख १, २०७९ मा प्रकाशित
न्युयोर्क: युक्रेनलाई लिएर वासिंगटनले गरेको दण्डात्मक कदमको बदलास्वरूप रुसले बुधबार अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ । ‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गर्ने योजना छ’, रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । उनीहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । ओटावाको ‘अदूरदर्शी’ नीतिहरूको जबाफमा थप कदम चालिने पनि विदेश मन्त्रालयले चेतावनी दिएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्धहरु लगाएका थिए । त्यसको बदलामा रुसले पनि ति देशहरुमाथि प्रतिबन्ध लगाएको हो ।
यसैबीच, रुसी सेनाले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments