
अमेरिकामा गर्भपतनबारे सर्वोच्च अदालतले उल्ट्यायो ५० वर्ष पुरानो फैसला
- असार ११, २०७९ मा प्रकाशित
काठमाडाैं । अमेरिकाको सर्वोच्च अदालतले आफ्नो एक महत्वपूर्ण मुद्दाको फैसलामा गर्भपतनलाई कानुनी अनुमति दिने पाँच दशक पुरानो फैसला उल्ट्याएको छ। यससँगै अब महिलालाई गर्भपतनको अधिकार दिने वा नदिने भन्ने विषयमा सम्बन्धित राज्यले आ–आफ्नो फरक फरक नियम बनाउन सक्नेछन्।
जानकारहरुले अदालतको यो फैसलाले अमेरिकामा गर्भपतनको अधिकार परिवर्तन हुन सक्ने बताएका छन्। यो फैसलासँगै अब अमेरिकाका धेरै राज्यमा गर्भपतनमा रोक लगाउने कानुन आउन सक्ने बीबीसीले उल्लेख गरेको छ।
अमेरिकाका १३ राज्यले यसअघि नै गर्भपतनलाई गैरकानुनी घोषणा गरिसकेका छन्। यो कानुन सर्वोच्च अदालतको फैसलापछि लागू हुनेछ। अन्य राज्यहरुले पनि छिटै नै यस किसिमको कानुन ल्याउन सक्ने अनुमान गरिएको छ।यद्यपि महिला अधिकारकर्मीहरुले भने गर्भपतनलाई कानुनी अधिकार दिइनुपर्ने बताउँदै आएका छन्।
सर्वोच्च अदालतले १५ साताभन्दा धेरै समयको भ्रूणको गर्भपतनको मुद्दामा फैसला सुनाउँदै यो अधिकार संविधान प्रदत्त नरहेको र यो निर्णय गर्ने अधिकार आगामी दिनमा जनताले चुनेका प्रतिनिधिको हातमा हुनुपर्ने बताएको हो।
सर्वोच्च अदालतले सुनाएको यो फैसला अदालतको पुरानो फैसलाको विपरीत हो। यसले अमेरिकाका फरक फरक राज्यमा राजनीतिक संघर्ष अर्को तहमा पुग्न सक्ने विश्लेषकहरुले बताएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments