
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
- चैत्र २२, २०७९ मा प्रकाशित

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।
ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ विषयमा उनीविरुद्ध मुद्दा चलेको छ । मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । ट्रम्पलाई अदालतमा उनका वकिलले घेरा हालेका थिए । उनीविरुद्ध आरोप लगाउने कानून व्यवसायीले मुद्दाको रूपरेखा प्रस्तुत गर्दै सन् २०१६ को चुनावलाई प्रभावित पार्न गोप्य र अवैध भुक्तान गरेको आरोप लगाए ।
म्यानहटनस्थित अदालतको १५ औँ तलामा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । मंगलबार दिउँसो २ः१५ देखि अदालती सुनुवाइ भएकोमा साढे १ बजे ट्रम्प अदालत पुगेका थिए । अदालती सुनुवाइअघि सोमबार नै न्यूयोर्कस्थित ट्रम्प टावरमा पुगेका थिए । उनले सो रात त्यहीँ बिताए ।
अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो । पक्राउपछि उनलाई हतकडी भने लगाइएको थिएन । सुनुवाइका क्रममा ट्रम्पले ३ पटक मात्रै बोलेका थिए । दुईपटक उनले आरोप अस्वीकार गरे भने तेस्रोपटक प्रतिवादीका रूपमा आफ्नो अधिकार सुनिश्चित गर्न अदालतसँग माग गरे । उनी दोषी ठहर भएमा बढीमा चार वर्षको जेल सजाय भोग्नु पर्नेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments