
अभिनेत्री रुपा दत्ता पक्राउ
- फाल्गुन ३०, २०७८ मा प्रकाशित
काठमाडौं: बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी अभिनेत्री रुपा दत्ता चोरीको मामलामा पक्राउ परेकी छन् । रुपा बंगाली फिल्मकी अभिनेत्री हुन् ।
उनलाई इन्टरनेसनल कोलकाता बुक फेयरबाट पैसा चोरेको आरोप लागेको छ । प्रत्यक्षदर्शीका अनुसार एक महिलाले फोहोरको डिब्बामा एक ब्याग फ्याकेको देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले रुपाबाट ७५ हजार भारतीय रुपैंयाँ बरामद गरेका छन् । यो घटना शनिबार राती भएको हो । कोलकाताको विधाननगर नर्थ पुलिस स्टेसनका अनुसार एक महिलाले फोहोरको डिब्बामा ब्याग फ्याकेपछि तत्कालै अन्य प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले तत्कालै महिला र ब्यागमाथि छानबिन गर्दा उनी अभिनेत्री रुपा दत्ता रहेको खुलेको हो । ब्यागमा उक्त ७५ हजार रुपैयाँ भेटिएको थियो । प्रहरीले अभिनेत्री रुपालाई हिरासतमा लिएपछि उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको छ ।
सन् २०२० मा रुपाले निर्माता तथा निर्देशक अनुरागमाथि अश्लील सन्देश पठाएको आरोप लगाएकी थिइन् । तर अनुसन्धानमा उनले अरु कोही पुरुषसँग फेसबुकमा कुराकानी गरेको खुलेको थियो । संयोगले त्यो पुरुषको नाम अनुराग नै थियो । त्यो समयमा रुपाले आफ्नो ट्वीटर हेण्डलमा अनुरागसँग च्याट गरिएको कैयौं सन्देश स्क्रीनसट शेयर गरेकी थिइन् । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments