
अब्यवस्थित सफारीले अस्तब्यस्त राजमार्ग : पार्किङ अभावका कारण कुरूप बन्दै इटहरी
- चैत्र १५, २०७८ मा प्रकाशित
इटहरी । निर्माणधिन ६ लेन राजमार्गको कारण पार्किङ समस्या झेल्दै आएको इटहरी पछिल्लो समय अब्यवस्थित सफारीहरूका कारण शहर नै कुरूप बन्दै गएको छ । सम्बन्धित सरोकारवालाहरूले नियमन गर्न नसक्दा र समस्यालाइ नजिकबाट नियाल्न नसक्दा सिंगो शहरको अवस्था नाजुक बन्दै गएको पाइएको छ ।
क्षमता भन्दा बढी सफारी राजमार्गमा गुडेपछि शहरको अवस्था अस्तब्यस्त बनिन पुगेको छ भने सामधान तर्फ चासो राख्ने निकायहरू मौन रहदा सर्वसाधरणहरूले दिनहु सास्ति खेप्नु परिरहेको बताएका छन । इटहरी उपमहानगरमा २७ शयको हाराहारीमा सफारीहरू दर्ता रहेका छन तर राजमार्गमा ५ हजारको दरले सफारी गुडिदिदा सवारीको चाप बढनुका साथै घण्टौ जाम हुने गरेको पाइएको छ ।
दुइ वर्ष अघि सम्म इटहरी उपमहानगर र प्रदेश एक ट्राफिक प्रहरी कार्यालय दुवैले नियमन र ब्यवस्थापन गर्दै आएको सफारी अहिले दुवै निकायले लथालिंग अवस्थामा छाडेपछि इटहरी शहरकालागि सफारी ब्यवस्थापन चुनौतीको बिषय बनिन पुगेको हो ।
जनप्रतिनिधीहरूले कार्यभार सम्हालेको दिनदेखी नै सफारी ब्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता जनाएपनि अहिले सम्म उक्त समस्या ज्युको त्यु रहेको पाइन्छ । इटहरी क्षेत्रमा दर्ता भएका सफारीहरूलाई रूटमा सञ्चालन गराउने नीति बनाएपनि नियमित अनुगमन नहुदा अहिले ट्राफिक जाम देखी सडक दुर्घटनाका मुख्य कारक बनिने गरेको छ ।
सफारीकै कारण इटहरीमा आइतबार र ब्रधबार लाग्ने बजार समेत अस्तब्यस्त बनिने गरेको छ भने साघुरो राजमार्ग भित्र अब्यवस्थित पार्किङले सर्वसाधरणहरू प्रत्यक्ष मार्कामा परेका छन । इटहरीभित्र सफारी ब्यवस्थापनको खाचो रहेको ब्यवसायी आशिष घिमिरे बताउछन । सफारीलाइ बन्द गरौ चै भन्दैनौ तर ब्यवस्थापन भए हामि पैदलयात्रिहरू अलि सुरक्षित महसुस गर्थियौ कि ब्यवसायी घिमिरे बताउछन । एक त ६ लेन राजमार्गले सडक साघुरीएको छ त्यस माथी सोहि सडक भित्र जहा पाए त्यहि सफारी पार्किङ गरिदिदा अन्य सवारीसाधनहरू मार्कामा परेको उनको भनाइ छ ।
यता सफारी ब्यवसायीहरूको दुखसो बेग्लै छ । केहि सिटि सफारीहरूको फटाइका कारण इटहरी भित्रको सफारी ब्यवसायिहरू नै बदनाम हुनुपर्ने अवस्था आएको इटहरी १६ का सफारी ब्यवसायी राजु लुइटेल बताउछन । उनले जति पनि राजमार्गमा गुडेका सफारीहरू छन ति सबै इटहरी भित्रका मात्रै नभएर बाहिरबाट पनि यहि थुप्रिएको कारण समस्या जटिल बनेको बताए । त्यस्तै अर्का सफारी ब्यवसायी मिलन राइका अनुसार बिगतमा ब्यवसायी संघले यि सब निगरानी गरेको हुन्थीयो र इटहरीभित्र रूटको ब्यवस्था मिलाएर सडकमा गुडाइने गरिएकोमा हाल ब्यवसायिसंघ नै ढिसमिस भएपछि समस्या झन बढेको बताए ।
उनले संघभित्र राजनीति छिरेको कारण ढिसमिस हुन पुगेको जसको कारण सफारी ब्यवस्थापन अहिलेको समयमा जटिल बनेको बताए । उपमहानगरले पछिल्लो समय सफारी दर्ता बन्द गरेपनि छिमेकि नगरहरूबाट पनि इटहरीकै राजमार्गमा थुप्रीदा ब्यवस्थापन पक्ष अझ जटील बनेको पाइएको छ । दुहबी , शुन्दर हरैचा , तरहरा , इनरूवा देखिको सफारी इटहरीकै राजमार्गमा भेला भएपछि सडक अस्तब्यस्त बनिन पुगेको छ भने ब्यवसथापन पक्ष जटिल देखिएको हो ।
यता यस बिषयमा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी संग बुज्दा उनले सर्वसाधरणहरूबाट सफारी ब्यवस्थापन बारे गुनासो धेरै आएकोले तत्काललाइ दर्ता बन्द गरिएको तर ब्यवस्थापन पक्ष भने जटिल रहेको बताए । निर्माणधिन ६ लेन राजमार्गका कारण पार्किङ अभाव हुनु त्यस्मा पनि छिमेकि शहरहरूबाट पनि इटहरीमै सफारी थुप्रिनुले यो समस्या बढेको बताउदै बाहिरका सफारीलाइ नियन्त्रण गर्ने तर्फ ट्राफिक प्रहरी कार्यालय संग समन्वय भइरहेको बताए ।
उता एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रवक्ता डिएसपी सुमन तिम्सिनाले सफारी ब्यवस्थापन इटहरीको मात्र नभइ अन्य शहरहरूमा पनि चुनौति बनेको बताए । उनले इटहरीमा बाहिरबाट आउने सफारीलाइ नियन्त्रण लिएर उचित कार्वाहि स्वरूप जरिवाना लिएर छोडने गरेपनि ठोस नीति नहुदा समस्या बनेको बताए ।तर इटहरीमा पछिल्लो केहि दिन यता सफारीहरूलाइ निगरानी भने बढाएको उनले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments