
अफ्रिकी मुलुक नाइजरमा राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सैनिकले गरे सत्ता कब्जा
- श्रावण ११, २०८० मा प्रकाशित

एजेन्सी । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिकहरूले राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेका छन्। बीबीसीका अनुसार नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिई त्यहाँका सैनिकहरूले संविधान विघटन भएको घोषणा गरेका हुन्। राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेका उनीहरूले देशको संविधान विघटनका साथै सबै सरकारी निकाय र देशका सबै सीमाना बन्द गरिएको बताएका छन्।
टीभीमा विद्रोह घोषणा गर्दा कर्नेल अमादु अब्द्रामाने अन्य नौ सिपाहीसँगै थिए। सो क्रममा उनले भने, ‘हामी, रक्षा र सुरक्षा बलले तपाईंलाई थाहा भएको शासन प्रणाली अन्त्य गर्ने निर्णय गरेका छौँ। यो लगातार खस्किँदै गएको सुरक्षा अवस्था र बिग्रँदै गएको आर्थिक र सामाजिक अवस्थाको परिणाम हो।’
स्थिति स्थिर नभएसम्म सीमा र हवाई नाका बन्द रहने उनले बताएका छन्। साथै अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी रहने घोषणा गरिएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति बाजुमलाई अमेरिकाको समर्थन अटल रहने बताएका छन्।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बाजुमसँग कुरा गरी पूर्ण सहयोग गर्ने बताएका छन्। राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमी देशहरूको प्रमुख सहयोगी हुन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments