
अफ्रिकामा चरम भोकमरी, खाद्य कार्यक्रम सञ्चालनका लागि ८१ करोड डलर माग
- जेष्ठ ११, २०८० मा प्रकाशित

एजेन्सी । अफ्रिकामा लाखौँ मानिस भोकमरीको चरम चपेटामा परेका छन्। अहिलेसम्मकै लामो खडेरी, लामो समयपछि आएको वर्षा र त्यसले निम्त्याएको बाढी जस्ता प्राकृतिक विपदका कारण खाद्य आपतकाल घोषणा गरिएको छ।विश्व खाद्य कार्यक्रमले बुधबार खाद्य संकटको चेतावनी दिएको छ।
अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्यामा खाद्य कार्यक्रम सञ्चालनका लागि ८१ करोड अमेरिकी डलर आवश्यक भएको राष्ट्रसंघीय खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले बताएको छ।भोकमरीको चपेटमा परेका ती देशका नागरिकलाई आगामी ६ महिनासम्म मानवीय सहायता उपलव्ध गराउन उक्त रकम आवश्यक भएको पूर्वी अफ्रिकाका लागि डब्ल्युएफपीका क्षेत्रीय निर्देशक माइकल डनफोर्डले बताएका छन्।
अघिल्ला तीन वर्षमा लगातार परेको खडेरीका कारण ती मुलुकका समुदायले ठूलो हैरानी बेहोर्नुपरेको, गाईवस्तुको ज्यान गएको, अन्नबाली उत्पादन शून्यप्रायःभएको र त्यसले जीविकोपार्जनमा कष्टमात्र थपेको उल्लेख गर्दै उनले सुडान द्वन्द्वबाट भागेर आएकाहरूको समेत व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको बताएका छन्।
केन्याको राजधानी नैरोबीमा बुधबार एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय निर्देशक डनफोर्डले गत वर्षको अन्त्य सम्ममा डब्ल्युएफपीले ४७ लाख जनसंख्यालाई खाद्यान्न सहायता वितरण गरेकामा यो वर्ष पर्याप्त रकमको अभाव आफ्नो सेवा ३० लाख मानिसमा सीमित रहेको बताएका छन्। तत्काल अतिरिक्त कोष आवश्यक परेको उल्लेख गर्दै उनले आगामी जुलाई सम्ममा रकम प्राप्त नभएमा सहायता कटौतीको विकल्प नरहने बताएका छन्। अन्तरराष्ट्रिय समुदायबाट सहायता राशी प्राप्त नभएमा तीस लाख सोमाली खाद्यान्न सहायताबाट वञ्चित हुने विज्ञप्तिमा उनले उल्लेख गरेका छन्।
तीन वर्ष लामो खडेरीले इथियोपिया, केन्या र सोमालियका दुई करोड ३० लाखभन्दा बढी मानिस भोकमरीको चपेटामा परेका तथा अचानकको वर्षासँगै आएको बाढीले दुई लाख १९ हजारभन्दा बढी जनसङ्ख्या विस्थापित भएको थियो। यसअघि राष्ट्रसङ्घीय बाल कोषले सोमिलिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका जनाएको थियो।
कोषले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै तत्काल पोषण सहायता उपलव्ध नभए थप १९ लाख बालबालिका कुपोषणको जोखिममा पर्ने चेतावनी दिएको थियो। कोषका अनुसार सोमिलिया, इथियोपिया र केन्याका दुई करोड ३० लाख जनता खाद्य असुरक्षाको सामना गरिरहेका छन्। कुपोषणबाट गम्भीररूपमा पीडितत बालबालिका गत वर्षको तुलनामा निकै बढी रहेको तथा केही समयसम्म यो अझ उच्च रहने सम्भावना छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments