
अपहरण तथा शरीर बन्धक’ मुद्दामा मिडिया सञ्चालक सैहैन्शा पक्राउ
- पुष १, २०७९ मा प्रकाशित
विराटनगर । नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सैहैन्शा सिद्धिकी भन्ने अब्दुल खत्ताब पक्राउ परेका छन् ।अपहरण तथा शरीर बन्धक’ मुद्दामा खत्ताब आज दिउसो विराटनगर १ बाट पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
विराटनगरका उद्योगी अरुणकुमार राठीले मंसिर १९ गते खत्ताबविरूद्ध मोरङ प्रहरीमा ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा जाहेरी दिएपछि उनी फरार थिए । खत्ताब र राठी उक्त अनलाइनका व्यावसायिक साझेदार हुन् । खत्ताबले ‘धेरै अफ्ठेरो’ परेको देखाएर आफूबाट ११ लाखभन्दा बढी रकम सापटी भन्दै लिएर गएको उनले बताएका छन् । खत्ताबसँग ३ वर्षदेखिको चिनजान र सम्पर्कका आधारमा २० प्रतिशत अर्थात ५ हजार कित्ता शेयर लिएर मिडिया प्रालिको सञ्चालकमा आफू पनि बसेको कुरा राठीले जाहेरीमा खुलाएका छन् ।
खत्ताबले छायांकन सहितको भिडियो अन्तरवार्ता लिने भनेर आफ्नै स्कुटरमा लगेर आफूलाई बन्धक बनाउँदै कुटपिट गरेको राठीले उल्लेख गरेका छन् । घटना मंसिर १४ गते बिहानको हो । सुरुमा एभरेस्ट बोर्डिङ स्कुल अगाडि रहेको ट्रान्स नेपाल फ्रेड सर्भिसेज प्रालिको दोस्रो तलामा लगेर छायांकन गरी अन्तरवार्ता लिएको र त्यसपछि सरौचिया स्थित कार्यालयको पुरानो स्टुडियोमा लगेर बन्धक बनाएर कुटपिट गर्दै १५ लाख रुपैयाँको चेक काट्न बाध्य पारेको राठीले जाहेरीमा खुलाएका छन् । आफूलाई धेरै अप्ठेरो परेको देखाएर यसअघि पनि खत्ताबले पैसा लिँदै आएको उनले बताए । उनका अनुसार सुरुमा २० लाख रुपैयाँ लगानी गरिएको थियो । त्यसपछि २ पटक ५/५ लाख गरेर र १ पटक डेढ लाख गरेर ११ लाख ५० हजार रुपैयाँ दिएको राठी बताउँछन् । ‘अन्तरवार्ता लिने भन्दै फकाएर मलाई मेरै घरबाट स्कुटरमा लिएर गए । अन्तरवार्ता पनि लिए ।
खत्ताबसँग १ जना अपरिचित व्यक्ति पनि थिए,’ राठीले भने, ‘सोफामा बसिरहेका बेला एक्कासि फलामको साङ्लोले बाँध्न खोजे । भाग्ने प्रयास गर्दा नियन्त्रणमा लिएर हातखुट्टा बाँध्दै कुटपिट गरे । त्यसपछि १ करोडको ‘बार्गेनिङ’ गर्न थाले ।’ आफ्नो ज्यान खतरामा परेको ठानेर आफूले पनि पैसा दिन्छु भनेर फुत्किने प्रयास गरेको जाहेरीमा उल्लेख गरेका छन् । त्यहाँबाट १ करोड रुपैयाँमा सुरु भएको ‘बार्गेनिङ’ पछि ३० लाखमा मिलेको राठीले बताए । त्यसपछि घरमा भएको चेक चालकलाई मगाएर १५ लाख रुपैयाँको काटिदिएको उनको भनाइ छ । ग्लोबल बैंक लिमिटेडको १५ लाख रुपैयाँको चेक नेपाल टाइम्स मिडिया प्रालिका नाममा तत्काल काटिदिएको र १ सातापछि १५ लाख रुपैयाँ दिने सर्त राखेर आफूलाई छाडिदिएको राठीले बताए ।
अपहरण गरेर मंसिर १४ गते बिहान ६ः३० बजेदेखि १०ः३० बजेसम्म बन्धक बनाउँदै १५ लाखको चेक लिएको भनी राठीले खत्ताबसहित अन्य व्यक्तिविरुद्ध पनि जाहेरी दिएका छन् । तर, अन्य व्यक्तिको पहिचान आफूले गर्न नसकेकाले खत्ताबबाटै पत्ता लगाएर कारबाही गर्नुपर्ने माग जाहेरीमा गरिएको छ । ‘घटनापछि म निक्कै डराएको र त्रसित भएको थिएँ । गोलीले हानेर मारी दिनेसम्मको धम्की दिए । यो कुरा सार्वजनिक गरेमा परिवारलाई समेत सकिदिने धम्की आयो,’ राठीले भने, ‘क्यामेराको ब्यागमा पेस्तोल पनि छ । जिन्दगी एउटा गोली न हो भनी पैसाको ‘बार्गेनिङ’ गरे । मलाई तलमाथि नगर्नू, नत्र बुझेकै छ भनी चेतावनी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments