
अपराधकाे नयाँ शैली : युवती देखाएर पैसाकाे बार्गेनिङ : इटहरीका दर्जी सहित ७ जना पक्राउ
- असार ३, २०७९ मा प्रकाशित
इटहरी । राम्री युवतीहरूलाइ भेट गराएर झुटाे मुद्धा लगाइ फसाउने गिराेहका नाइके सहित काठमाण्डाै प्रहरीले ७ जनालाइ नियन्त्रणमा लिइएकाे छ । ठुला घरानाका व्यवसायिहरूलाइ सामाजिक सञ्जाल माृःत साथी बनाएर कुराकानी गर्ने त्यसपछि भेटघाट गर्न बाेलाउने र केहि दिनमै जबरजस्ति करढी मुद्धा लगाउने धम्की दिदै माेटाे रकम अशुल्ने दुइ युवति सहित ७ जनालाइ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाे हाे ।
सामाजिक सञ्जाल मार्फत युवतिकाे तस्विर देखाउने त्यसपछि फ्रेन्ड रेक्वेस हुदै गफ र भेटघाट सम्म गराइदिने र केहि समयपछि भेट गरेकाे तस्विर देखाएर माेटाे रकम वार्गेनिङ गर्ने गिराेहका नाइके सहित काठमाडाैं प्रहरीले ७ जनालाइ नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीले सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलान्चोक घर भइ हाल पेप्सिकोला बस्ने १८ वर्षीया मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिक बहादुर शर्मा, इटहरी–७ सुनसरी घर भइ काठमाडौंको तारकेश्व बस्ने वर्ष ३० को सन्जिब दर्जी र मेलुङ–५, दोलखा घर भइ हाल नख्खिपोट बस्ने २५ वर्षको निमा लामा तथा सोही स्थानको वर्ष ३० को पासाङ लामालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सो समूहले केटीहरुको समूहलाई सामाजिक सञ्जाल मार्फत परिचालन गरेर सुरुमा फोनको आदान–प्रदान गरी सम्पर्क समन्वय गर्ने गर्दछन्। त्यसपछि पुरुष व्यक्तिहरुलाई प्रत्यक्ष भेटघाट गरेर झट्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई दवाबमूलक ढंगले डर, धम्की तथा त्रास देखाई ब्ल्याकमेल गर्न सुरु गर्छन्। अनि केटीका नक्कली आफन्त, वकिल, पत्रकार खडा गरी रकम असुल गर्ने गरेकाे अनुसन्धानले देखाएकाे छ।
अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे।पक्राउ परेका उपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments