
अन्तिम चरणमा चलचित्र ‘तिमी कसकाे ?’ सुटिङ
- माघ २५, २०७८ मा प्रकाशित
तेह्रथुम: यतिबेला चलचित्र तेह्रथुमको पर्यटकीय क्षेत्रमा ‘तिमी कसकाे ?’ चलचित्रकाे सुटिङ भइरहेको छ । गत बुधबारदेखि सुरु भएको सुटिङ तेह्रथुममा अन्तिम चरणमा पुगेको निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए ।
तेह्रथुमको तिनजुरे, बसन्तपुर बजार,लालीगुराँस नगरपालिकाको काँडे,सुजेपु तिनछाँगे झरनालगायत विभिन्न स्थानहरूमा सुटिङ भएको छ । त्यस्तै चोलुङ पार्कमा केही दिन सुटिङ गरिने भएको छ । तेह्रथुममा ८० प्रतिशत र काठमाडौंलगायत विभिन्न क्षेत्रमा २० प्रतिशत सुटिङ गरिने भएको हो ।

चलचित्रमा प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मालगायत कलाकारकाे अभिनय रहेकाे छ ।
तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यसहित लालिगुराँस नगरपालिका क्षेत्रमा छायांकन सुरु गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारलाई प्राथमिकता दिइएकाे छ ।
देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बूलगायत छन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शंखर छन् ।

चलचित्रमा आकाश अकुले संगीत दिएका छन् । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिएका छन् । सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायांकनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन् । चलचत्रिमा अर्जुन थापाको पटकथा र संवाद रहेकाे छ ।
चलचित्रको च्यारेटी सोबाट संकलित रकमको २५ प्रतिशत लालिगुराँस नगरपालिका-९ सोल्मा काडेका मृगौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताए । २४ वर्षीय मृगौला पीडित लिम्बू घोपा क्याम्प धरानमा उपचाररत छन् । चलचित्रको करिब एक महिनामा छायांकन कार्य सकाएर नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments