
अन्तत रतुवा खाेलामा बन्ने नै भयाे अधुराे पक्की पुल : निर्माणका लागि नयाँ ठेक्का
- चैत्र १८, २०७९ मा प्रकाशित

माेरङ । माेरङ र झापा जाेड्ने रतुवा खाेलामा अलपत्र अवस्थामा रहेकाे पुल निर्माण हुने भएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जोड्ने रतुवाखोलामा अधुरै रहेकाे पुल निर्माण हुने भएकाे हाे । डेढ दशकअघि साे पुलकाे काम आधा मात्रै गरिएकाे छ । बाँकी भागमा पुल निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का लगाएको छ ।
पुल नहुँदा स्थानीयबासी वर्खामा पैसा तिरेर डुङ्गा र हिउँदमा बासको पुलबाट यात्रा गर्न बाध्य छन् । साइकलमा खोला पार गर्दा १० रुपैयाँ र मोटरसाइकलमा खोला पार गरेको २० रुपैयाँ तिनुपर्ने बाध्यता छ ।
दुई वर्ष भित्र निर्माण सक्नेगरी पुल निर्माणका लागि ठेक्का लागको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले बताए । अधुरो रहेका स्थानमा जम्मा ७५ मिटरको पुलको तीन वटा स्पन निर्माणका लागि देव एन्ड सायर-समता-आशिष सन्दीप जेभीले पाएको छ ।
उनका अनुसार मोरङ तर्फ ५० मिटर र झापा तर्फ २५ मिटर पुलको लम्बाई थपिनेछ । ७५ मिटर पुल थप गर्नका लागि २२ करोड १२ लाख ३७ हजार रुपैयाँमा ठेक्का लागेको हो । २०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेक्का छ । ७५ मिटर थपिएपछि पुलको लम्बाई २८० मिटरको हुनेछ ।
रतुवा खोलाको अधुरो पुल निर्माण भए झापाका दक्षिण क्षेत्रका जनतालाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउ– जाउ गर्न सहज हुनेछ । पुल निर्माणपछि आवत जावतमा महेन्द्र राजमार्गको विकल्प पनि बन्नेछ ।
रतुवा खोलामा यसअघि २०६४–६५ मा पुल निर्माणका लागि ठेक्का लागेको थियो । मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–६५ मा कालिका–ओसिए जेभीलाई पुल निर्माणको ठेक्का लिएको थियो । तर २ सय ५ मिटर पुल निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो । सम्झौता अनुसारको काम गरेको भन्दै ठेकेदार कम्पनीले काम छाडेपछि रतुवा खोलामा आधा मात्रै पुल बनेको थियो । पुलको सुरक्षाका लागि झापातर्फ ६ सय ५० र मोरङतर्फ १४ सय मिटरको खोलामा तटबन्ध पनि निर्माण गरिनेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments