
अन्तत इटहरीको मुख्य चौक सहित ३ स्थानमा बन्ने भयो सार्वजनिक शौचालय
- भाद्र १९, २०७९ मा प्रकाशित
इटहरी । इटहरी उपमहानगरमा लामो समयको अथक प्रयास पछि अन्तत सार्वजनिक शौचालय निर्माण गरिने भएको छ । इटहरी वडा नं ६ मुख्यचौक स्थित आकेश कलेक्सन छेउ सहित मुख्य तिन स्थानमा सार्वजनिक शौचालय बनिने भएको हो । आइतबार उपमहानगरका मेयर हेमकर्ण पौडेल , उपमेयर संगिता कुमारी चौधरी र वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले सार्वजनिक शौचालय निर्माणको संयुक्ट शिलान्यास गरेका छन । आगामी ६ महिना भित्रै निर्माण कार्य सम्पन्न हुनेगरी काम सुरू गरिने वडाध्यक्ष दिवश पोख्रेलले बताए । पोख्रेलका अनुसार इटहरीको मुख्य चौक सहित पूर्वमा टेंग्रा पुल छेउ र पश्चिममा खेति खोला छेउमा सार्वजनिक शौचालय निर्माण गरिने भएकमो हो ।
टाढाबाट आएका यात्रुहरूको गुनासो र इटहरीवासीको मागलाइ मध्यनजर गर्दै उपमहानगरले आगामि ६ महिनाभित्र सम्पन्न हुनेगरी तिन ठाउमा सार्वजनिक शौचालय निर्माणको प्रकृिया अघाडी बढाएको हो । तिनवटै स्थानमा गरेर करिब ४० लाख रूपैयाको लागतमा सार्वजनिक शौचालय निर्माण हुने वडाध्यक्ष पोख्रेलले बताए । त्यस्तै इटहरी पश्चिम लाइन स्थित विशालबजार भित्र रहेको व्यक्तिगत शौचालयलाई केही दिन भित्र सर्वसाधारण हरूको प्रयोगका लागी ल्याइने भएको छ ।
बजार भित्रका व्यवसायि आफैले उक्त शौचालय सर्वसाधरणकोलागि खुल्ला गर्ने निर्ण गरेका हुन । यता शौचालय शिलन्यास पछि बोल्दै उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले चुनाव अघि गरिएको बाचा नबिर्सिएको र घोषणापत्रमा उल्लेखित बुदामध्येको एक सार्वजनिक शौचालय पनि रहेकोले आफ्नो चुनावि एजेन्डा पुरा गरेको बताए । इटहरीमा लामो समयदेखि सार्वजनिक शौचालयको माग हुदै आएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments