
”अनुराधासँग ”अनुराधा हरु
- चैत्र १७, २०७९ मा प्रकाशित
समाज सेवाको क्षेत्रमा शिखर चुमेको नाम हो, अनुराधा खासगरि भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन बाध्य भएका नेपाली चेलीबेटीको उद्धार तथा पुनर्स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै अनुराधाको नाम समाजसेवाको विशिष्ट श्रेणीमा आउँछ। यसबापत उनले थुप्रै राष्ट्रिय(अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाएकी छन्। कोइराला ुसिएनएन हिरो २०१०ु, ुमदर टेरेसा सम्मान २०१४ु र भारत सरकारले प्रदान गर्ने ुपद्मश्री सम्मानु लगायत थुप्रै सम्मानबाट विभूषित भइसकेकी छन्।
समाजसेवाका लागि माइती नेपाल स्थापना गरेकी कोइराला अहिले पनि उत्तिकै सक्रिय छिन्। माइती नेपालले हालसम्म ५७ हजारभन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरिसकेको तथ्यांक छ। समाजसेवाको पर्याय बनेकी अनुराधालाई पछ्याउँदै यो क्षेत्रमा लाग्नेहरु प्रशस्तै छन्।
तिनै मध्येका हुन दृष्टि फाउन्डेसन धनगढी कैलालीकी अध्यक्ष कल्पना भट्ट, जो असहाय, बेवारिसे र मानसिक सन्तुलन गुमाएर सडकमा पुगेका महिलाहरूको उद्धार र संरक्षणमा क्रियाशील रहेकी छिन् । कञ्चनपुरमा रहेर वृद्धाश्रम सञ्चालन गर्दै जेष्ठ नागरिक तथा बेसहारा व्यक्तिहरुको पालनपोषण गर्दै आएकी अधिकारकर्मी शारदा चन्द र सडकका जीवन बिताइरहेका बेसहारा हरूको सहारा दिने कार्यमा क्रियाशील सुनसरीको माया घरकी सचिव एवं संस्थापक आमा शुभद्रा प्याकुरेल पनि अनुराधाकै बाटोमा छन्।उनीहरु आफना र आफ्नो लागी भन्दा पनि समाजका बेसाहारा र पिडितहरुको लागी बढी सोच्ने गर्दछन् । बिहान देखी बेलुका सम्म उनिहरुकै खाना,नाना,र छानाका लागी खट्ने गर्दछन् । समाजले पनि सडकमा मानिस देख्दा राज्यलाई भन्दा ती कर्मठ चेलीहरुको संस्थाहरलाई सम्झिने गर्दछन् ।
त्यसैले त उनीहरू एकै स्वरमा भनिरहेका हुन्छन्, ‘आनन्द लाग्छ जिबनदेखी हारिसकेका ओठहरुमा मुस्कान देख्न पाउदा’ धनगढीमा चैत १० गतेदेखि चलेको चार दिने ुविश्व नेपाली नारी साहित्य महोत्सवुमा ‘अनुराधासँग अनुराधाहरू’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको सहजकर्ता थिए सञ्चारकर्मी मुकुन्द भण्डारी। साक्षात्कारमा सुनसरी माया घरकी सुभद्रा प्याकुरेलले १ सय ५४ जना सडक बेसहारा तथा अलपत्र परेका ज्येष्ठ नागरिकको भरणपोषण गर्दै आएकी छन्। ‘खाना, नाना र छाना नपाएर सडकमा बेसहारा जीवन बिताइरहेकाहरुलाई हामीले आश्रय दिँदै आएका छौँ,’ उनले भनिन्। उनीहरूले नेपालका मात्रै नभएर भारतको सिक्किम, दार्जिलिङका बेसहारा नागरिकको उद्धार गरेर पुनर्मिलन पनि गराएका थुप्रै उदाहरण प्रस्तुत गरिन्।
धनगढीको दृष्टि फाउण्डेसनकी सञ्चालिका कल्पनाले पनिअहिले आफूसँग ६४ जना मानसिक रोगी तथा सडक बेसहारा रहेको बताइन्।‘बेरोजगारी, हिंसा, गरिबी लगायत कारणले मनोरोगी बढ्दै गएका छन्। त्यस्ता ब्यक्तिहरू घर परिवार छोडेर सडकमा जीवन बिताउन बाध्य छन्। उनीहरूलाई सरकारले हेर्दैन। किनकि सरकार नागरिकप्रति जिम्मेवार छैन,’ उनले भनिन्। बेसहारा महिला सडकमै बलात्कृत हुने र सडकमै बच्चा जन्माउन बाध्य हुनेसम्मका दुखद् घटनासमेत हुने गरेको उनले सुनाइन्।
उनीहरू समाजसेवाका क्षेत्रमा सक्रिय छन्। तर, सरकारले न उनीहरूलाई प्रेरणा दिएको छ। न कुनै आवश्यक सहयोग नै। मनकारी दाताहरूको दानबाट नै उनीहरू बेसहाराको सहारा बनिरहेका छन्। उनीहरूलाई यताउति जाने फुर्सद पनि छैन। परिवारका सदस्यलाई दिनका लागि पनि उनीहरूसँग समय हुँदैन। जहिले र जतिबेलै बेसहाराहरूको मात्रै चिन्ता।
घरपरिवारका सदस्यले कुनै अरु काम गरिदिउन् भन्ने चाहेका थिए। तर, उनीहरूको मनमा समाज थियो, मानवता थियो र त्यो भन्दा बढी थियो मानव सेवाको भाव। जसले उनीहरूलाई समाजसेवाको यो पाटोबाट छुट्टिएर टाढा जानै दिएन। उनीहरूले एकै स्वरमा आगामी दिनमा राज्यले उनीहरूको संरक्षणको जिम्मेवारी नलिँदासम्म आफूहरू सेवामा नै तल्लिन भइरहने प्रतिवद्धता व्यक्त गरेका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments