
अनुगमन सेलाउदा व्यवसायीको मनपरी : प्रतिबन्धित सिलिण्डर बजारमा छ्याप्छयाप्ती
- चैत्र १५, २०७८ मा प्रकाशित
इटहरी । नेपाल सरकारले बिक्रिबितरणमा प्रतिबन्ध लगाएको अवैध ग्यासको सिलिण्डरहरू इटहरी लगायत प्रदेश एकको बजारहरूमा पुनःदेखिन थालेका छन । केहि वर्ष अघि प्रभावकारी अनुगमन सहित नियमनकारी निकायहरूले प्रदेश एकको शहरहरूमा प्रतिवन्धित साना आकारका ग्यास सिलिण्डरहरू बिक्रि बितरणमा रोक लगाउदै आएका थीए ।
मुलुक कोरोनाबाट ग्रस्त भई संक्रमणको प्रभाव कम हुदै जादा बजारमा स्थानिय सेवाग्राहिहरूको चहलपहल बढेसंगै प्रतिवन्धित साना सिलिण्डरहरूको बिक्रि बितरण हुने गरेको पाइएको हो । ग्यास कम्पनिहरूले साना आकारका सिलिण्डर उत्पादन बन्द गरेपनि नेपाल संग सिमा जोडिएका भारतीय बजारहरूबाट अवैध रूपमा सिलिण्डर ल्याएर ब्यपारीहरूले खुलेआम बिक्रि बितरण गर्दै आएका छन ।
सुनसरीको धरान , इटहरी, तरहरा , दुहबी , इनरूवा लगायतका बजारहरूमा अहिले प्रतिवन्धित साना आकारका ग्यास सिलिण्डरहरू बिक्रि बितरण हुन थालेका छन । हेर्दा सानो चिटिक्क देखिने र कम लागतमा खरिद गर्न सकिने हुदा धेरैजसोले यहि सिलिण्डर रोज्ने गरेका छन ।
इटहरीको हटीयालाइन अवस्थित अधिकांस भाडा पशलेहरूले अवैध रूपमा साना शिलिण्डरहरू बिक्रि गर्दै आएका छन । अवैध हो भन्ने जान्दा जान्दै पनि ब्यवसायिहरूले यस्ता सिलिण्डर खुलेआम बिक्री गर्दै आएका हुन । खाना पकाउन छिटो र बोकेर हिडन सजिलो भएकै कारण र थोरैे पैसामा पनि महिना दिन टिक्ने भएकोले यस्तो सिलिण्डरको माग बढेको इटहरी हटियालाइनका भाडा व्यवसायी सुवास श्रेष्ठले बताए ।
नेपाली मुलका भन्दा पनि मधेसी समुदायकालागि यस्ता सिलिण्डरहरू रोजाइमा पर्ने गरेको उनको भनाइ छ । यस्ता सिलिण्डरहरु नेपाली ग्यास कम्पनीहरुले उत्पादन बन्द गरिसकेको अवस्थामा कहाँबाट आउछ भन्ने प्रश्नमा उनि भारतीय बजारबाट सस्तो दाममा खरिद गरि ल्याउने गरेको बताउछन । उनले बिराटनगर हुदै जोग्वनीको बजारबाट यस्ता सिलिण्डरहरु खरिद गरि ल्याउने गरेको पनि सुनाए ।
यता यस बिषयमा इटहरी उपमहानगर अन्तरगत उपमेयर लक्ष्मी गौतम संग बुझ्दा बजार अनुगमन गर्दा देखिएका र भेटिएका प्रतिवन्धित सिलिण्डरहरू जफत गर्ने गरेको बताउनुभयो । तत्काल अनुगमन गर्न नसकिएको हुदा अबको केहि समयपछि प्र्रभावकारी अनुगमन गर्ने र पुन त्यस्ता प्रतिवन्धित सिलिण्डर बिक्री गरेको देखिए वा भेटिए तुरून्त एक्सन लिने उपमेयर गौतमले बताउनुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments