
अनधिकृत पार्किङका मोटरसाइकललाई कारबाही नगरेपछि छानबिन
- भाद्र १५, २०७९ मा प्रकाशित
काठमाडौं । काठमाडौं नगर प्रहरीले अनधिकृत पार्किङबाट उठाएका मोटरसाइकल र कारबाही संख्यामा दैनिक अन्तर देखिएको छ । कारबाहीमा लागि ल्याइएका मोटरसाइकल कारबाही नगरी छाडेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै अनुसन्धान थालेको छ ।कारबाही गर्नुपर्ने मोटरसाइकललाई कारबाही नगरी छाडिंदा अनियमितता भएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु भएको अख्तियार स्रोतले बताएको छ ।
उनका अनुसार काठमाडौं महानगरपालिकाका कार्यालय परिसरमा ट्राफिक/पार्किङ व्यवस्थापन हेर्ने नगर प्रहरी निरीक्षक इश्वर वाग्लेमाथि छानबिन भइरहेको अख्तियारका एक अनुसन्धान अधिकारीले बताए ।अनधिकृत पार्किङ गरेका मोटरसाइकलहरु उठाउँदा र कारबाहीको लागि ट्राफिक प्रहरीलाई बुझाउँदा दैनिक ४/५ वटाको अन्तर भेटिएको छ ।
‘अनधिृकत पार्किङ गरेको मोटरसाइकल उठाएर नगर प्रहरीले ट्राफिकलाई कारबाहीको लागि बुझाउने गर्छ, तर यसरी बुझाउँदा बीचबाट नै दैनिक जसो उठाएको भन्दा कम पुगेको भन्दै उजुरी परेको रहेछ,’ काठमाडौंको एक नगरप्रहरी अधिकृतले भने ।
काठमाडौं महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार वाग्लेसँग स्पष्टीकरण सोधर अख्तियारलाई चिठी पठाइसकेको छ । ‘हामीलाई छानबिनको लागि आएको पत्रअनुसार स्पष्टीकरण सोधेर अख्तियारमा पठाएका छौं । वाग्लेलाई अख्तियार आफैंले छानबिन गरिहेको छ,’ अर्यालले भने, ‘सबै विषय अख्तियारकै अनुसन्धानले स्पष्ट गर्छ ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments