•  ९ चैत्र २०८१
  •  8:13:51 PM

अदालतमा रवि लामिछाने पक्षको बहस सुरु

- माघ २, २०८१ मा प्रकाशित



इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बुधबार (आज) काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसका लागि उपस्थित गराइएको छ ।
उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा लागेको छ । काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी रवि लामिछानेका तर्फबाट बहस सुरु भएको छ । उनका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस थालेका हुन् ।

आइतबार बयानका लागि उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई हिरासतमा पठाउन आदेश गरेको थियो । सोमबार पनि थुनछेक बहस भएको थियो, तर मंगलबार माघे संक्रान्तिको विदा भएकाले बयान हुन सकेन । त्यसपछि आजदेखि पुनः निरन्तर सुनुवाइ हुन लागेको हो ।

Comments

सम्बन्धित खवर