
अदालतकाे ढाेका ढकढकाएपछि मात्रै पाए धनकुटाका तामाङ दाजुभाइले आमाको नामबाट नागरिकता
- असार ३०, २०७९ मा प्रकाशित
धनकुटा । बाबुको नामबाट नागरिता लिन जिल्ला प्रशासन कार्यालय जादा हुन्छ भने आमाको नामबाट नागरिकता लिन अदालत जानै पर्ने बाध्यता रहेको छ ।
सानैमा बाबुले छोडेका आमा तारा तामाङ्गसँग धनकुटा नगरपालिका वडा नम्वर ७ मा बसोबास गर्दै आएका चारजना छोरा नरेश तामाङ्ग, ओम तामाङ्ग र गणेश तामाङ्गले न्याय माग्दै अदालतसम्म धाएर बंशजका आधारमा आमा तारा तामाङ्गको नामबाट नागरिकता पाएका छन् ।
यस्तै छथर जोरपाटी गाउँपालिका ५ कि गौरी लिम्बूले आमा दिलमाया लिम्बूको नामबाट वंशजको आधारमा नागरिकता पाउनु भएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । उहाँहरुलाई जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ, प्रशासकीय अधिकृतले नागरिकता प्रदान गर्नु भएको हो ।
नागरिकता नपाएपछि उच्च अदालत विराटनगर धनकुटा इजलासमा दायर गरेको रिटमा अदालतले उहाँहरुलाई आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय धनकुटामा नागरिकता बनाउन जादा प्रशासनबाट नागरिकता नपाएपछि तामाङ्गले प्रशासनलाई विपक्षी बनाएर उच्च अदालत विराटनगर धनकुटा इजलासमा गत २०७८ चैत १४ गते र गौरीले १६ गते रिट दायर गर्नु भएको थियो ।
अदालतले दुवै रिटको २०७८ असार २१ गते जिल्ला प्रशासन कार्यालय धनकुटाका नाममा परमादेश जारी गर्दै आमाको नामबाट नागरिकता दिन आदेश गरे बमोजिम नागरिका पाएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।
कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा छ तर पनि धनकुटा प्रशासनले उहाँहरुलाई नागरिकता दिन इन्कार गरेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments