
अट्टेरीको घरमा उपमहानगरको ड्रोजर : इटहरीकाे ६ नं वडामा ९ वटाभन्दा बढी घरहरू भत्किने
- माघ २९, २०७९ मा प्रकाशित
इटहरी । पटक पटक सुचना जारी गर्दा पनि घरधनीहरूले अट्टेरी गरेपछि इटहरी उपमहानगर वडा नं ६ मा ड्रोजर चलाइएको छ । ६ लेन राजमार्ग बिस्तारको क्रममा सडकको सिमा भित्र पर्ने घरहरू भत्काउने अभियान अन्तरगत वडा नं ६ मा आइतबार डोजर प्रयोग गरिएको हो । २ साता अघी इटहरी ९ मा डोजर लगाएर १५ वटा घरहरू भत्काइएको थियो ।
रानी विराटनगर जोगवनी किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियानलाइ निरन्तरता दिइएको इटहरी उपमहानगरले जनाएको छ । इटहरीका मेयर हेमकर्ण पौडेल , ६ नंका वडाध्यक्ष दिवश पोख्रेल , प्रहरी प्रसाशन , पत्रकार लगायतको उपस्थितीमा घरहरूमाथी ड्रोजर चलाइएको हो । ६ नं वडामा ९ वटा भन्दा बढी घरहरू भत्काइने इटहरी उपमहानगर वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले बताए ।
उपमहानगरको सुचनालाइ मानेर अधिकांस घरधनीहरूले आ आफ्नो घरहरू भत्काउन थालेपनि अट्टेर गरेर बस्ने ४ जनाको घरमा आइतबार ड्रोजर प्रयोग गरी भत्काइएको वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले बताए । अधिकांसले बिकाशका काममा बाधा नबन्ने र स्थानिय सरकारलाइ सघाउने भन्दै आफै घरहरू भत्काउन थालेको बताउदै उचित क्षतिपुर्ती माग्दै केहि घरधनीहरूले भने अट्टेर गरेकोले उनिहरूको घरमा डोजर प्रयोग गर्नुपरेको वडाध्यक्ष पोख्रेलले बताए ।
घरहरू भत्काउन १५ दिन अघि नै सुचना जारी गरेपछि बिराटनगर रोडका सबै घर र सटरहरू खालि गरिएका थिए ।पटक पटकको अवरोध र बिवादकै कारण लामो समयदेखि ६ लेन राजमार्ग इटहरीमा स्थकित हुदै आएको थियो । इटहरी संगै सुनसरीको दुहबी र धरानमा पनि राजमार्ग बिस्तार बारे छलफल चलिरहेको ६ लेन परियोजनाको कार्यालय बिराटनगरले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments