
अक्षय कुमारले नेपाली दर्शकलाई सन्देश पठाउँदै भने- फिल्म हेर्नुस्, निराश बनाउँदैन
- चैत्र ३, २०७८ मा प्रकाशित
काठमाडाैं: बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नाे आउन लागेकाे फिल्मले भरपुर मनोरञ्जन दिने सन्देश पठाएका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ ले भरपुर मनोरञ्जन प्रदान गर्ने उनले सन्देशमा बताएका छन् । ’नमस्ते नेपाल, मेरो फिल्म बच्चन पाण्डे यहिँ १८ मार्चमा नेपालका हलहरूमा लाग्दैछ । म यो फिल्मलाई तपाइँ आफू आफ्ना साथी तथा परिवारहरूसँग हेर्न आग्रह गर्दछु । यो फिल्म राम्रो बनेको छ भने पूर्णरुपमा कमर्सियल छ । मलाई विश्वास छ । यसले तपालाई भरपुर मनोरञ्जन दिनेछ’ अक्षयले भिडियोमा भनेका छन् ।
अभिनेता अक्षय टाइटल रोलमा रहेको फिल्म ‘बच्चन पाण्डे’ मा देखिएको उनको लुक्सलाई फिल्मप्रेमीले तारिफ गरेका छन् । एक्सन र कमेडी मिक्स फिल्ममा अक्षयसँगै अरशद वारसी , कृति सेनन, ज्याक्लिन फर्नान्डिज , पंकज त्रिपाठी लगाएतको अभिनय रहेको छ । फरहाद साम्जीको निर्देशनमा बनेको यस फिल्मलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।
नेपाली फिल्म ‘पासवर्ड’ निर्माण गरेको कम्पनी ए.वि इन्टरनेशनल प्रा.लि.ले नेपाली र हिन्दी फिल्म वितरणमा समेत सक्रियता बढाएको छ । केही समय अगाडि हिन्दी फिल्म ’मरजावा’ वितरण गर्दै हिन्दी फिल्म वितरणमा पाइला टेकेको ए.वी इन्टरनेशनल आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ नेपाल रिलिज गर्दै छ ।
‘नेपाली फिल्मसँग जोडिएर अगाडि बढ्ने क्रममा ए.वी इन्टरनेशनलले अब फिल्म वितरण पनि गर्ने भएको छ,’ ए.वी इन्टरनेशनलले जनाएको छ । यसै कम्पनीले निर्माण गरेको दोस्रो फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments