
१५ स्थानीय तहकाे प्रमुखमा उम्मेदवारी नदिए पनि एमाले सबैभन्दा बढी उम्मेदवार खडा गर्ने पार्टी
- बैशाख १७, २०७९ मा प्रकाशित
काठमाडौं: आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सबैभन्दा बढी उम्मेदवार खडा गरेको छ ।
सात सय ५३ वटै स्थानीय तहका लागि केपी शर्मा ओली नेतृत्वको एमालेले ३ हजार ५ सय २३ उम्मेदवार खडा गरेर धेरै उम्मेदवार खडा गर्ने दलको रुपमा रेकर्ड पनि कायम गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ हजार ५ सय ४३ जना पुरुष मात्रै उम्मेदवार रहेका छन् भने १२ हजार ८ सय ८२ जना महिलालाई एमालेले उम्मेदवार बनाएको छ ।
देशका सात सय ५३ मध्ये १५ वटा मात्रै नगरप्रमुख र गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता नगराएको एमालेले ७ सय ३८ जनालाई नगरप्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको आयोगको रेकर्डमा उल्लेख छ ।
जसअनुसार २६ जना पुरुषलाई नगर उपप्रमुख बनाएको एमालेले २ सय ६० जना महिलालाई नगरप्रमुखको दावेदारको रुपमा प्रस्तुत गरेको छ । ३५ जना पुरुषलाई गाउँपालिका उपाध्यक्षमा खडा गरेको र चार सय १० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेका छ ।
६ हजार ५ सय २३ जना मध्ये ६ हजार ४ सय ५ वडा अध्यक्षमा पुरुषलाई उठाएको एमालेले सोही पदमा जम्मा १ सय १८ जनालाई महिला मात्रै वडा अध्यक्षको रुपमा सिमित पारेको छ ।
६ हजार ४ सय ११ जना महिला, ६ हजार २ सय ९ जना दलित महिला वडा सदस्य उठाएको एमालेले १२ हजार ३ सय ५० जना पुरुष, ५ सय ४१ जना महिलालाई उम्मेदवार बनाएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments