•  १० मंसिर २०८१, सोमबार
  •  10:39:57 AM

केराबारीमा वडा सदस्यका उम्मेदवारको मृत्यु

- बैशाख १६, २०७९ मा प्रकाशित



इटहरीः मोरङको केराबारी गाउँपालिकामा वडा सदस्यका उम्मेदवारको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी २ का नवीन लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका उनको आज (शुक्रबार) बिहान मृत्यु कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । उनका अनुसार

बिहीबार चुनाबी अभियान सकेपछि घर फर्किएर सुतेका उनी शुक्रबार बिहान अचानक बेहोस भएर ढलेका थिए ।

उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर