
लागूऔषधसहित तीन जना पक्राउ
- बैशाख १६, २०७९ मा प्रकाशित
इटहरीः सुनसरी मोरङका छुट्टा–छुट्टै दुई स्थानबाट लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर १५ मा चेकजाँचको क्रममा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपाल आउँदै गर्दा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ३ का ३८ वर्षीय सतिष कुमार सुवेदीको साथबाट लुपिजेसिक ७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुल सहित बरामद गरेको हो ।
यस्तै, सुनसरीको बराहक्षेत्र ४ मा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को ३६ प ७६०३ नम्बरको मोटरसाइकलमा सवार रहेका भारत बिहारका ४० वर्षीय जमिर मन्सुरी र देवानगंज ४ सुनसरीका ४० वर्षीय भुवनेश्वर मेहतालाई पक्राउ गरिएको छ ।
उनीहरूको साथबाट लुपिजेसिक ४० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, एभिल ४० एम्पुल, ट्रामाडोल ११०० क्यापसुल बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments