
इनरुवाका मेयर राजन मेहता बने वडा सदस्यका उम्मेदवार
- बैशाख १६, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहेताले वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।
उनले नगरको २ नम्बर वडाको वडा सदस्यमा उम्मेदवारी दिएका हुन् । मेहता २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा विजयी भएका थिए । हाल वडा सदस्यका रुपमा उनको उम्मेदवारी परेको २ नम्बर वडामा सो पार्टीबाट रञ्जेश भट्टराई वडाध्यक्षको उम्मेदवार बनेका छन् । मेयरको टिकट पाउने आशमा रहेका मेहताले सो टिकट नपाएपछि जिल्ला समन्वय समितिको प्रमुख बन्ने महत्वाकांक्षाका साथ वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएको हुनसक्ने पार्टीनिकट स्रोतको आँकलन छ ।
उम्मेदवार मेहता भने यो आँकलनलाई स्वीकार्न तयार भएनन् । यद्धपि उनले निर्वाचनमा विजयी भएपछि जिल्ला समन्वय समितिबारे सोच्न सकिने भन्दै घुमाउरो पारामा अनुमान झुठो नभएको छनक दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments