•  १० मंसिर २०८१, सोमबार
  •  10:24:00 AM

सुनसरीमा कांग्रेसलाई जिताउन प्रेस युनियनको टोली परिचालित

- बैशाख १६, २०७९ मा प्रकाशित



इटहरीः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका १२ वटै पालिकामा प्रचारप्रसारका लागि जिम्मेवारी दिएको छ ।

युनियन जिल्लाको बैठकले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका लागि जिम्मेवारी दिएको हो ।

युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार नेपाली कांग्रेसलाई निर्वाचनमा विजयी गराउनका लागि जिम्मेवारी दिइएको हो ।

जसअन्र्तगत इटहरीमा विनय बाह्रकोटी, धरानमा मात्रिकाप्रसाद नेपाल, बराहक्षेत्रमा संगम विष्ट, रामधुनीमा विनोद आचार्य, दुहबी, बर्जु, र गढीमा आशिष यादव, इनरुवा, भोक्राहा–नरसिंह, कोसी, देवानगञ्ज र हरिनगरमा मिकाइल आलम संयोजक रहनेगरी जिम्मेवारी दिइएको हो ।

उनीहरूले आवश्यकता अनुसार समिति विस्तार गरी प्रचारप्रसार गर्ने युनियन सुनसरीका सचिव विवेक भट्टराईले जानकारी दिए ।

Comments

सम्बन्धित खवर