
लेटाङमा कांग्रेस क्षेत्रीय सल्लाहकार एमालेमा प्रवेश
- बैशाख १६, २०७९ मा प्रकाशित
इटहरीः मोरङको लेटाङका नेपाली कांग्रेस क्षेत्रीय सल्लाहकार एमालेमा प्रवेश गरेका छन् । लेटाङ नगरपालिका ८ का धनबहादुर लिम्बू एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा सांसद् घनश्याम खतिवडा, जिल्ला किमिटी सदस्य डिल्ली विश्वकर्मा, नन्दलाल धिमाल लगायतको उपस्थितिमा लिम्बू नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
स्थानीय शिवशक्ति सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका लिम्बू सो क्षेत्रमा सामाजिक गतिविधिमा सक्रिय छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेर देशको भूभाग संरक्षण गर्ने काम गरेकाले सोबाट प्रभावित भएर नेकपा एमाले रोजेको बताए ।
यसअघि नेपाली कांग्रेसकै क्षेत्रीय प्रतिनिधि तथा निर्वाचित वडासदस्य, पूर्वप्रधानपञ्च लगायतका व्यक्तित्वहरु पनि नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । यस्तै नेकपा माओवादी केन्द्र, खम्बुवान मुक्ति मोर्चा लगायतका दलबाट पनि दर्जनौ व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments