चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरी क्लिनिक सञ्चालन
- बैशाख १४, २०७९ मा प्रकाशित
मोरङ: इजाजतपत्र नलिई क्लिनिक सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका–१ फिलिम हल लाईनस्थित श्री राम पाइल्स क्लिनिकका सञ्चालक २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक २९ वर्षीय सनोड मण्डल रहेका छन् ।
पक्राउ परेका दुवै जना भारतको दार्जिलिङका हुन् ।
चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजतपत्र प्राप्त समेत नगरी उनीहरुले क्लिनिक सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments