सप्तरीमा ३२३ जनाको मनोनयन दर्ता
- बैशाख १३, २०७९ मा प्रकाशित
सप्तरी: ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सप्तरीमा ३२३ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। जिल्लमा १८ वटा स्थानीय तहमध्ये नाैवटा नगरपालिकाका प्रमुखमा ६४ जनाले विभिन्न दल तथा स्वतन्त्रबाट मनोनयन पत्र दर्ता गराएका हुन् ।
यसरी नै उपप्रमुख पदका लागि ४५ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले बताए । नाैवटा गाउँपालिकाको अध्यक्ष पदका लागि ८६ जनाले मनोनयन दर्ता गराएका छन्।
उपाध्यक्ष पदका लागि ५३ जनाले मनोनयन दर्ता गराएका हुन्। वडाध्यक्षका लागि ७२१, महिला सदस्यमा ५५६, दलित महिला सदस्यमा ५४० र सदस्यमा ११३८ जनाले मनोनयन दिएको प्रमुख जोशीले जानकारी दिए। -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments