युक्रेन संकट: मारिओपलमा युद्धविराम
- बैशाख १३, २०७९ मा प्रकाशित
मस्को: रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ । त्यहाँ फँसेका सर्वसाधारणलाई सहजै सुरक्षित क्षेत्रतर्फ जान सहयोगका लागि मारिओपोलमा युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार रुसी सेनाले एकतर्फी रूपमा सबै शत्रुताको अन्त्य गर्नेछन् । एकाइहरूलाई सुरक्षित दूरीमा हटाउनेछन् र मानिसहरूलाई बाहिर निकाल्ने सुनिश्चित गर्नेछन् । युक्रेनी पक्षले निकासी प्रक्रिया सुरु गर्न अजोभस्टलमा ‘सेतो झण्डा उठाएर’ तत्परताका लागि संकेत गर्नुपर्छ ।
‘त्यसपछि सर्वसाधारणहरूलाई उनीहरूले छनौट गरेको दिशामा लगिनेछ’, मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार हरेक ३० मिनेटमा ‘रेडियो च्यानलहरू मार्फत’ अजोभस्टल भित्रका व्यक्तिहरूलाई पठाइनेछ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता रूसी सेनालाई स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा सो क्षेत्र घेरेर बस्न आदेश दिएका थिए । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments