कांग्रेसले बुटवल मेयरमा पाण्डेलाई उम्मेदवार बनाउने
- बैशाख १२, २०७९ मा प्रकाशित
बुटवल: नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाकाे मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस नगर सभापति रहेका उनलाई दोस्रो पटक मेयरको टिकट दिइएको हो । कांग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राति अबेरसम्म बसेको बैठकले यो निर्णय गरेको हो ।
उनी यसअघि २०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गरी मेयरको उम्मेदवार बनेका थिए । तर, एमाले उम्मेदवार शिवराज सुवेदीसँग करिब २४ सय मतान्तरले पाण्डे पराजित भएका थिए ।
यसपाली पनि मेयरको टिकटका लागि बुटवल नगर कमिटीले उनको नाम सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए । एमालेले भने बुटवलमा बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments