
भारतलाई सिमाना रक्षा गर्न रुसी सहयोग आवश्यकः भारतीय अर्थमन्त्री सीतारमण
- बैशाख ११, २०७९ मा प्रकाशित
नयाँ दिल्ली: भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतलाई आफ्नो सिमाना रक्षा गर्न रुसी सहयोग चाहेको बताएकी छिन् । भारत र रुस लामो समयका साझेदार हुन् । नयाँ दिल्लीले आफ्नो अधिकांश सैन्य सामग्री मस्कोबाट खरिद गर्छ ।
‘तिम्रो एक छिमेकी छ, जसले अर्को छिमेकीसँग हात मिलाउँछ र दुबै मेरो विरुद्धमा छन् । रसिया–युक्रेन युद्धको सन्दर्भमा गठबन्धनहरू बनाइएका छन् भने भगवानले रोकून ।
चीन र पाकिस्तानलाई संकेत गर्दै सीतारमणले भनिन्, ‘भारत आफ्नो सुरक्षा गर्न पर्याप्त बलियो हुनुपर्छ ।’ ।
‘भारत युरोपेली युनियन, पश्चिमा देश र स्वतन्त्र तथा उदार विश्वसँग मित्र हुन चाहन्छ’, उनले थपिन, ‘तर कमजोर मित्रको रूपमा होइन जसलाई जहाँ पनि सहयोग चाहिन्छ ।’
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकमा भाग लिने क्रममा हाल सीतारामन वाशिंगटनमा छिन् । राजनीतिक विज्ञहरूले यसलाई आफ्नो सबैभन्दा ठूलो सैन्य वितरक रुसमाथि भारतको निर्भरता घटाउन पश्चिमा देशहरूले चालेको कदम भएको बताएका छन् ।
भारतले युक्रेनमा रुसी आक्रमणको विरुद्धमा राष्ट्रसंघको सुरक्षा परिषदमा मतदान नगरे पनि युक्रेनी सहर बुचामा भएको नरसंहारको निन्दा गरेको छ । नयाँ दिल्लीले किभलाई मानवीय सहायता उपलब्ध गराएको छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments